ad ad

कारोबार


नाडा अटो सो व्यवसायीका लागि ‘दसैँ’ : करण चौधरी

नाडा अटो सो व्यवसायीका लागि ‘दसैँ’ : करण चौधरी

भृकुटीमण्डमा आयोजित नाडा अटो सोमा राखिएका गाडी। तस्बिर : सरोज नेपाल


नेपालखबर
भदौ ११, २०८१ मंगलबार १०:१९, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले नाडा अटो सो व्यवसायीहरूको दसैँका रूपमा लिने गरेको बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो सो २०२४ को उद्घाटन समारोहमा अध्यक्ष चौधरीले अटो सो गाडी बिक्रीका लागि मात्र नभई समग्र मोबिलिटीका लागि पनि हुने गरेको बताए।

अटो मोबाइल्स व्यवसाय पारदर्शी रहे पनि ठगका रूपमा चित्रित गर्न खोजेको बताए।

अध्यक्ष चौधरीले १ खर्ब लगानी गरेका अटो व्यवसायी सरकारको अस्थिर नीतिले मारमा परेको गुनासो गरे। 

उनले नेपालको अटो मोबाइल व्यवसाय ट्रेडिङबाट सुरु भएर उद्योगका रूपमा विकास भइरहेको बताए। 

नेपालीले नयाँ प्रविधि छिटो ग्रहण गर्न सक्ने देखिएको उनको भनाइ छ।

नेपालमा विद्युतीय गाडीको बजारले ७० प्रतिशत हिस्सा ओगटेको छ। व्यवसायीहरू चार्जिङ पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्न तयार छन्। 

अटो सोका सहसंयोजक अनुपकुमार बरालले २४ चारपांग्रे, १९ दुईपांग्रे ब्रान्ड र हलुका कमर्सियल गाडी १२ वटा सहितका स्टल रहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .