ad ad

कारोबार


नाडामा चल्तीका ब्रान्डदेखि नयाँ प्रिमियमसम्म : यस्ता छन् साढे १२ लाखसम्मका बाइक

नाडामा चल्तीका ब्रान्डदेखि नयाँ प्रिमियमसम्म : यस्ता छन् साढे १२ लाखसम्मका बाइक

वसन्त अर्याल
भदौ १३, २०८१ बिहिबार ७:२५, काठमाडौँ

नाडा अटो सोमा चारपांग्रे गाडीमा विद्युतीयतर्फ ग्राहकको आकर्षण रहे पनि २ पांग्रेमा पेट्रोल बाइकले ध्यान तानेको छ।

भदौ ११ गतेबाट भृकुटीमण्डपमा आधा दर्जन बढी नयाँ दुईपांग्रे मोडल सार्वजनिक भएका हुन्।

नाडा अटो सो २०२४ दुईपांग्रेका स्टल १९ वटा छन्। जसमा नेपाली बजारमा चलेका अधिकांश ब्रान्ड सोकेस गरिएको छ।

विद्युतीय ब्रान्डमा एथर, एनआईयू, जिहो, गोगोरो, गारो, याडियालगायतका छन् भने पेट्रोलतर्फ नयाँ प्रिमियम ब्रान्ड ट्राइम्फ, हिरो, बजाज, रोयल इन्फिल्ड, सीएफफ मोटो, यामाहा, टीभीएस, बेनलीलगायत छन्।

बजाज एनएस ४०० ले तान्यो ध्यान
अटो सोमा मुख्य आकर्षणको रुपमा बजाज एनएस ४०० छ। नेपाली बजारमा २०० एनएस मोडल बिक्री गरिरहेको बजाजले पल्सर एनएस ४०० सार्वजनिक गरेको छ। यसको मूल्य ५ लाख ४९ हजार छ।

६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज छ। साथै पल्सर एनएस ४०० जेडमा राइड–बाई–वायर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ ।

मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फ्युल ट्यांक, आरामदायी स्प्लिट–सिट र स्टाइलिस १७–इन्च एलोय ह्विल दिइएको छ।

१२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सिटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ।

ट्राइम्फका ४०० सीसीमाथिका बाइक
नेपालमा गोल्छा अर्गनाइजेसनले नयाँ ब्रान्ड पनि सार्वजनिक गरेको छ।

हंसराज एन्ड हुलासचन्दले बेलायती ब्रान्ड ट्राइम्फका विभिन्न मोडल ल्याएको छ। ४०० सीसीमाथिका मोटरसाइकल छन्।

४०० एक्सको मूल्य ६ लाख ३९ हजार रुपैयाँ छ। बाइकले ४० पीएस र ३७.५ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै स्क्राम्बलरको ६ लाख ८९ हजार ९०० रुपैयाँ छ। 

हिरोका ३ मोडल 
नाडा अटो सोमा सीजी मोटर्सले हिरोले एक्सपल्स २०० भी प्रो शोकेस गरेको छ।

सीजी मोटर्सले यसअघि ३ वटा मोडल मात्रै बिक्री गर्दै आएकोमा एक्सट्रिम ४०० १६० मोटरसाइकल सार्वजनिक गरेको छ।

त्यसैगरी एक्सएमआर २१० सार्वजनिक गरेको छ। उक्त मोटरसाइकलको २५.५ पीएस पावर छ भने २०.४ एनएम टर्क जेनेरेट गर्छ। 

७ लाखको भी स्ट्रोम एसएक्स
नाडा अटो सोमा भीजी अटो मोबाइल्सले नयाँ मोडल भी स्ट्रोम एसएक्स सार्वजनिक गरेको छ। यसको मूल्य ७ लाख रुपैयाँ छ।

२५० सीसीको बाइकको अधिकतम पावर २६.५ पीएस छ भने टर्क २२.२ एनएम जेनेरेट गर्छ। फोर स्ट्रोक, सिंगल सिलेन्डर, आयल कुल यो बाइकमा छ। 

९ लाखको हिमालयन 
रोयल इन्फिल्डले हिमालयन सार्वजनिक गरेको छ। यसको मूल्य ९ लाख ८९ हजार रुपैयाँ छ।

रोयल इन्फिल्डको हिमालयन लामो दूरीको यात्राको लागि बढी प्रयोग हुन्छ। रोयल इन्फिल्डले नेपालमै एसेम्बलिङ गरी हन्टर, क्लासिकलगायतका मोडल बिक्री गर्दै आएको छ।

नेपालमा एसेम्बल गरेसँगै क्लासिक लगायतका मोडल आकर्षक मूल्यमा बजारमा ल्याएको छ। 

साढे १२ लाखको सीएफमोटो
सीएफ मोटोले १२ लाख ४९ हजारमा टुर बाइक सार्वजनिक गरेको छ। ४५० सीसीको २ वटा सिलिन्डरसहितको इन्जिन छ।

एडभेन्चर बाइकको रुपमा सोकेस गरिएको बाइकको पावर ४४ पीएस छ भने ४४ एनएम टर्क जेनेरेट गर्छ। फोल्डेबल रियर भ्यू मिरर, रेलि स्टाइल विन्डसिल्ड, १७.५ लिटर फिउल ट्यांक, बोस्क डबल च्यानल एबीएस यस बाइकमा छ।

१७० किमि रेन्ज दिने जिहो इस्कुटर
ऋषि अटोमोबाइल्सले नै जिहोको २ लाख ९९ हजारमा एईफोर सार्वजनिक गरेको छ।

३ किलोवाटको मोटर रहेको स्कुटरको टप स्पिड ६५ किलोमिटर प्रतिघण्टा छ। एक पटकको चार्जमा ९० वा १७० किमि रेन्ज दिन्छ। 

थप तस्बिरमा हेर्नुहोस् नाडामा प्रदर्शित बाइक

सबै तस्बिर : सरोज नेपाल र सरोज बैजु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .