बन्दरगहामा चीनको रसुवा र तातोपानी नाकाबाट भन्सार गरेरै गाडी आउँछन्। भारतबाट आउने गाडीको भने चोभारमै रहेको कार्यालयबाट भन्सार क्लियर गर्ने व्यवस्था गरिएको छ। मुख्य गरी विद्युतीय सवारी साधन निर्यात भइरहेको बन्दरगाहमा पार्किङकै लागि भन्सार क्लियर भएका गाडी पनि राखिएका छन्।
देशभर नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत ८ वटा बन्दरगहा छन्। चोभारको सुक्खा बन्दरगाह भने सीमा नाकाबाहिर रहेको छ। ‘काठमाडौं–तराई/मधेश फास्ट ट्रयाक नबन्दा भन्सार क्षेत्र चलायमान हुन सकेको छैन,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी अधिकृत आषिश गजुरेलले भने, ‘फास्ट ट्रयाकले सहयोग पुग्ने गरी ड्राइपोर्ट सञ्चालन गरिएको हो तर कहिले फास्ट ट्रयाकको निर्माण सम्पन्न हुन्छ भनेर कुरिरहेका छौं।’
बन्दरगाहमा नारायणगढ–कलंकी भएर सामान आउने गरेका छन्। भन्सार गर्न बन्दरगाहमा आउने र फेरि सामान काठमाडौं नै लैजानु पर्दा रुट र खर्च पनि बढ्छ। फास्ट ट्रयाक बन्यो भने वीरगञ्जबाट आउने सामानको चोभारमा भन्सार गरेर काठमाडौं लैजान रूट मिल्ने गजुरेलको भनाइ छ।
तस्बिर/भिडिओ: विशाल कार्की/सरोज नेपाल
प्रतिक्रिया