ad ad

कारोबार


१५१ रोपनी जग्गामा बन्दै छ नयाँ संसद् भवन, सभामुखद्वारा निरीक्षण (तस्बिरहरू)

१५१ रोपनी जग्गामा बन्दै छ नयाँ संसद् भवन, सभामुखद्वारा निरीक्षण (तस्बिरहरू)

सरोज बैजु
भदौ २०, २०८१ बिहिबार १६:५४, काठमाडौँ

सभामुख देवराज घिमिरेले नवनिर्मित संसद् भवनको अवलोकन गरेका छन्। सिंहदरबास्थित बन्दै गरेको उक्त भवनमा बिहीबार दिउँसो राजनीतिक दलका प्रमुख सचेतकसहित सभामुख घिमिरेले संसद् भवन निरीक्षण गरेका हुन्। 

१५१ रोपनीमा निर्माण भइरहेको भवन निर्माण भएपछि बानेश्वरमा रहेको संसद् भवन सिंहदरबार सर्नेछ।

नवनिर्मित संसद् भवन पाँच तले हुनेछ।

नयाँ भवनमा राष्ट्रियसभा, प्रतिनिधिसभा, संसद् सचिवालय, विभिन्न दलका संसदीय दलको कार्यालय र विभिन्न समितिका कार्यालय हुन्छन्।

त्यस्तै सभाकक्ष तथा करिब ३०० जना क्षमताको सुरक्षाकर्मी भवन पनि हुनेछ।

संघीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रियसभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत रहनेछन्।

राष्ट्रियसभा २९० र प्रतिनिधिसभासहित संयुक्त बैठकका लागि ३५० सिट क्षमताको हल बन्ने बताइएको छ।

कुल सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा भवन निर्माण हुन लागेको हो। 

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .