सेयरबजारमा ५५.८६ अंकको पहिरो गएको छ।
कारोबार सुरु भएयता निरन्तर ओरालो लाग्दै नेप्से सूचक २६४६.०३ विन्दुमा थामिएको हो।
२.०६ प्रतिशतले घटेको बजारमा ९ अर्ब ४३ करोड रुपैयाँको मात्र कारोबार भएको छ। २ करोड १० लाख कित्ता सेयर बिक्रीमा यो कारोबार भएको हो।
आज २२ वटा कम्पनीको मात्रै सेयर बढेको छ। बाँकी २२२ कम्पनीको मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बढेकामध्ये हाथवे इन्भेस्टमेन्ट ८.९८ प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनी ७.५९ प्रतिशत, इमर्जिङ नेपाल ६.३८ प्रतिशत र सीईडीबी हाइड्रोको सेयर ६.२१ प्रतिशतले बढेको छ। बाँकीको वृद्धिदर झिनो छ।
गिरावटतर्फ उन्नति सहकार्य लघुवित्तको ७.७८ प्रतिशत, श्रृजनशील लघुवित्त ७.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स ६.९७ प्रतिशत, मनकामना इन्जिनियरिङको ६.८५ प्रतिशत र युनिक नेपाल लघुवित्तको सेयर ६.५० प्रतिशतले घटेको छ।
कारोबारतर्फ सीईडीबी हाइड्रोको ३७ करोड, हिमालयन रि इन्स्योरेन्सको २७ करोड ९४ लाख, हाथवे इन्भेस्टमेन्टको २३ करोडको कारोबार भएको छ।
Shares
प्रतिक्रिया