ad ad

कारोबार


पर्यटन बोर्डको सीईओ बन्न कसैलाई एक कप चिया खुवाइनँ, भनसुन गरिनँ : दीपकराज जोशी

पर्यटन बोर्डको सीईओ बन्न कसैलाई एक कप चिया खुवाइनँ, भनसुन गरिनँ : दीपकराज जोशी

नेपालखबर
भदौ २४, २०८१ सोमबार १८:४२, काठमाडौँ

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले कसैलाई एक कप चिया नखुवाई नियुक्त भएको बताएका छन्।

पर्यटन बोर्डको स्वागत कार्यक्रममा जोशीले नेपालका नियुक्तिमा मोटो रकम बुझाएर नियुक्त हुने भनेको सुनिए पनि आफूले कसैलाई भनसुन गर्न नपरेको बताएका हुन्। 

‘पर्यटन बोर्डमा काम गर्नका लागि कसैको प्रभावमा पर्नुपर्ने आवश्यकता छैन’, सीईओ जोशीले भने, ‘४ वर्षे कार्यकालमा नेपाललाई अनुभूतिको गन्तव्यमा विस्तार गर्ने प्रयत्न गर्नेछु।’

 सन् २०२५ सम्म सर्भाइभलकै अवस्थामा हुने त्यसपछि पर्यटक बढाउन सकिने बताए। युरोप र अमेरिका नेपालका परम्परागत पर्यटकीय स्रोत भएकाले उनीहरुलाई छुटाउन नसकिने बताए। 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्डको चुस्त व्यवस्थापनले नेपाल एयरलाइन्स, पर्यटन विभागहरू सुधार हुनुपर्ने आवश्यक रहेको सुनाए। 

पाटा  नेपालका महासचिव नरेन्द्र भट्टले नव नियुक्त जोशीको तारिफ गर्दै २०१५ मा भूकम्प जाँदा विदेशमा छवि बिग्रिन नदिएको बताउँदै २०१८ मा १२ लाख पर्यटक भित्रिएपछि पर्यटक बढ्न नसकेको बताए। 

नेपाल हवाइ सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हिमाली क्षेत्रमा उडान गर्न सक्ने अवस्था नरहेको बताए। उड्डयन क्षेत्रमा महंगो हुँदा पर्यटक नआएको बताए। उनले भ्याट छुट तत्काल नगरे हरेक वर्ष पर्यटक घट्दै जाने बताए। 

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा हुनुपर्नेमा जीटुजीको रूपमा चलेको बताए। 

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले ३५ लाख पर्यटक राख्ने क्षमता भए पनि १२ लाख पर्यटक भित्रिँदा धान्न सक्ने अवस्था रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .