ad ad

कारोबार


कर प्रशासनमा सुधार हुनेगरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

कर प्रशासनमा सुधार हुनेगरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १२:८, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन्।

शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उनले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गरे।

आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनिय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताउँदै उनले सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्नपर्ने बताए।

‘कोही पनि साथीहरू सरुवा, बढुवा अरु कुनै प्रयोजनका निम्ति मन्त्री कहाँ नआउनु होला। मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनिय सुधार होस्। र लक्ष्य पूरा होस्। त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोगका दिन हामी तयार छौँ। सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ। त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु। हामीले भर्खरै आन्तरिक राजश्व रणनीति परिचालन गरेका छौँ। यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहनेछ। रणनीति कार्यान्वयनमा जोड दिनुहोला,’ अर्थमन्त्री पौडेलले भने।

उपप्रधानमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .