प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले झण्डै २२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले २१ लाख ९६ हजार संस्थापक सेयरधनीको उक्त सेयर बिक्रीमा राखेको हो।
न्यूनतम दुईसय तीन रुपैयाँ प्रतिकित्ताको दरमा बिक्रीमा राखिएको उक्त सेयर कम्पनीले आफ्ना वहालवाला सेयर धनीका लागि मात्रै शेयर बिक्री खुला गरिएको जनाएको छ।
सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा भने कम्पनीले अन्य लगानीकर्ताका लागि आवेदन खुला गर्नेछ। विद्यमान सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आवेदन पेश गरिसक्नुपर्नेछ।
36
Shares
प्रतिक्रिया