ad ad

कारोबार


ओमोडा ई५ र जेको जे६ पोखरामा सार्वजनिक

ओमोडा ई५ र जेको जे६ पोखरामा सार्वजनिक

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १५:९, काठमाडौँ

पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्सले नेपालकै पहिलो अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स औपचारिक रुपमा लन्च गरेको छ।

पोखरामा आयोजित सो इभेन्टमार्फत गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शनका लागि दुई सय भन्दा बढी सञ्चारकर्मी र अतिथिहरुलाई निम्त्याइएको थियो। सो अवसरमा जेको जे६ औपचारिक रुपमा सार्वजनिक गरियो भने ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स समेत सार्वजनिक गरियो।

कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र महा प्रबन्धक आशिष दाहाल एवम् इलाइट मोटर्सका चेयरम्यान गोपाल बराल र म्यानेजिङ डाइरेक्टर शिव बरालले दुवै गाडी सार्वजनिक गरे।

यसबाट स्थानीय बजारमा नवीन प्रविधि विस्तारमा महत्वपूर्ण कोशेढुंगा हासिल गर्ने अवसर समेत ओमोडा र जेकोले प्राप्त गरेको कम्पनीको भनाई छ।

इलाइट मोटर्सका चेयरम्यान गोपाल बरालले भने, ‘हामीले ओमोडा ई५ र जेको जे६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएका छौँ। ग्राहकका लागि एक्सचेन्ज र फाइनान्स लगायतका सुविधाका साथै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ। केही महिना भित्रै हामी नयाँ सर्भिस सेन्टर स्थापनाको घोषणा गर्ने क्रममा छौँ।’

एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडाले भने, ‘हामी नेपालभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइन सहितका सवारी साधनका साथै चार्जिङ स्टेसन र सर्भिस स्टेसन सहित हाम्रो नेटवर्क विस्तार गर्ने कार्यमा प्रतिबद्ध छौँ। पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको वान–स्टप सुविधा उपलब्ध गराएको छ। पोखराका साथै नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केही महिनाभित्रै ५० भन्दा बढी क्षेत्रमा हाम्रो चार्जिङ स्टेसन विस्तार गरिने छ।’

नेपालका लागि ओमोडा र जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको पोखराका लागि आधिकारिक वितरकको रुपमा इलाइट मोटर्सले कार्य गरिरहेको छ र विगत १४ वर्ष देखि पोखरेली ग्राहकलाई मोबिलिटी सोलुसन प्रदान गरिरहेको छ।

प्रोडक्ट लन्च इभेन्टमार्फत ओमोडाको अत्याधुनिक विद्युतीय गाडीका साथै जेकोको अद्वितीय अफरोड अनुभव उपलब्ध गराउने उद्देश्य राखिएको थियो।

कम्पनीका अनुसार ओमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ। ओमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर छ।

जेको जे६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ र थप ३ लाख रुपैयाँ फेस्टिभ डिस्काउन्टका साथ उपलब्ध छ। यसले ४०० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ भने यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क दिन्छ। यसले ० देखि १०० किलोमिटर दुरी १०.५ सेकेन्डमै पार गर्छ। यसमा ६ एयरब्यागका साथै लिथियम आइरन फस्फेट ब्याट्री छ।

यसका साथै यो गाडीमा प्यानोरामिक सनरुफ, १५.६ इन्च सेन्ट्रल कन्ट्रोल सिस्टम, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र फ्रन्ट तथा रियर ड्युअल मोटर रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .