नेपाल वायुसेवा निगमले आफ्ना कर्मचारीलाई चाडपर्वका बेला जरुरीबाहेक अन्तर्राष्ट्रिय तालिम र भ्रमणमा नजान र मातहतकालाई पनि नपठाउन निर्देशन दिएको छ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त निर्देशन दिएका हुन्।
निगमका नायव महाप्रबन्धक(प्रा.), इन्जिनियरिङ्ग मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र वजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरुलाई मंगलबार अध्यक्ष अधिकारीले विशेष निर्देशन दिएको निगमले जनाएको छ।
उक्त अवधिमा निगमका सवै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरुलाई कार्यालयको काममा वाधा पर्ने गरी विदा नदिन समेत निर्देशन दिएको प्रवक्ता रमेश पौडेलले बताए।
27
Shares
प्रतिक्रिया