२ महिनामा ६ सय विदेशी लगानीकर्ता नेपालमा आएका छन्। उद्योग विभागको सिफारिसअनुसार गत वर्षको तुलनामा १०० जना बढी नेपालमा भित्रिएका हुन्।
आर्थिक वर्ष २०८०/०८१ मा ४९८ लगानीकर्ता नेपाल भित्रिएकोमा चालू आवमा ६०० पुगेका हुन्।
कम्पनीको प्रतिनिधिको रुपमा गत वर्ष ५१ जनालाई भिसा सिफारिस गरेकोमा अहिले १३६ जनालाई भिसा दिएको छ। डिपेन्डेन्ट भिसामा आउने पनि बढेका छन्।
विदेशी कम्पनीले नेपालबाट लैजाने रोयल्टीमा गिरावट आएको छ। गत आवमा २५ करोड ७ लाख रुपैयाँ रोयल्टी वापत विदेश लगिएकोमा यो वर्ष ६ करोड ४० लाख मात्रै विदेश गएको छ।
१४९ उद्योगले नेपालमा विदेशी नयाँ लगानीको स्वीकृति लिएका छन्। साउन र भदौंमा अटोमेटिक रुटबाट ५२ र म्यानुअल रुटबाट ९७ वटा उद्योगले अनुमति पाएका हुन्।
करिब १३ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता व्यक्त गरेका छन्। नेपालमा लगानीको प्रस्ताव गर्नेमा अधिकांस साना उद्योग रहेका छन्।
प्रतिबद्धतामध्ये ६९ प्रतिशत पर्यटन क्षेत्रमा रहेको छ भने सेवा क्षेत्रमा २१ प्रतिशत छ। उत्पादनमूलक क्षेत्रमा ५ प्रतिशत रहँदा कृषिको ५ प्रतिशत छ।
Shares
प्रतिक्रिया