ad ad

कारोबार


बुधबार बढेको नेप्से बिहीबार ३२ अंकले गिरावट, यी २०१ कम्पनीको मूल्य घट्यो

बुधबार बढेको नेप्से बिहीबार ३२ अंकले गिरावट, यी २०१ कम्पनीको मूल्य घट्यो

नेपालखबर
असोज १०, २०८१ बिहिबार १५:२२, काठमाडौँ

बुधबार बढेको नेप्सेले बिहीबार निरन्तरता पाउन सकेन। बुधबार ४९ अंकले बढेको नेप्से बिहीबार ३२ अंकले घटेको हो। 

२४७० अंकको हाराहारीमा बजार फर्किने आशामा रहेका लगानीकर्ता नेप्सेले पुन ओरालो यात्रा गरेपछि अलमलमा परेका छन्। बिहीबार ३२.८१ अंकले घटेर २४८६.७६ अंकमा बन्द भएको हो।

कारोबार सुरु भएको केही समय नेप्से बढेर बजार हरियो बनेपनि त्यो टिकाउन बन्न सकेन । ११ बजेर २४ मिनेटपछि ओरालो लाग्न थालेको नेप्से दिनभरजसो निरन्तर ओरालो लाग्दा बजार राताम्मे बन्न पुग्यो। बजार बढ्ने आशामा बसेका लगानीकर्ताले बिहीबार दिनभर नेप्से घट्दा कारोबारलाई पनि खुम्च्याएका छन्। 

मंगलबार साढे ५ अर्बको कारोबार गरेका लगानीकर्ताले बुधबार घटाएर ४ अर्ब ८१ करोड रुपैयाँको मात्रै कारोबार गरेका थिए। बिहीबार पनि बजार नबढ्ने देखेपछि लगानीकर्ताले ४ अर्ब ८४ करोडको मात्रै कारोबार गरेका हुन्। 

बिहीबार बजारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहबाहेक सबै समूहको सूचक घटेको छ। जसमा सबैभन्दा धेरै होटल तथा पर्यटन, जलविद्युत, फाइनान्स समूहको सूचक घटेको हो। यी समूहको सूचक २ प्रतिशत भन्दा धेरैले घटेको हो। 

समग्रमा आज कारोबारमा आएका कम्पनीमध्ये २०१ कम्पनीको मूल्य घट्दा ३९ वटा कम्पनीको सेयरमूल्य बढेको हो। बढ्नेमा वीन नेपाल लघुवित्त अगाडि छ। यो कम्पनीको मूल्य ९.८५ प्रतिशतले बढेको हो । घट्नेमा भने ग्रिन भेन्चर कम्पनी रहेको छ। यो कम्पनीको मूल्यमा आज नकारात्मक सर्किट लागेको छ। 

यस्तै कारोबारका आधारमा भने अपि पावर कम्पनी अगाडि देखिएको छ। यो कम्पनीको ४७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .