ad ad

कारोबार


मनसुनी वर्षाले लामो समयसम्म आकाशमै ‘होल्ड’ भए अन्तर्राष्ट्रिय उडानका जहाज

मनसुनी वर्षाले लामो समयसम्म आकाशमै ‘होल्ड’ भए अन्तर्राष्ट्रिय उडानका जहाज

काठमाडौंमा बिहानैदेखि मनसुनी वर्षात् भइरहेको छ (फ्लाइटराडार२४)


नेपालखबर
असोज ११, २०८१ शुक्रबार १४:४१, काठमाडौँ

थाई एयरवेजको जहाज नेपाली आकाशमा झण्डै २ घण्टा फन्को मारेर बल्ल ‘ल्यान्ड’ भएको छ। 

१२ः२५ मा अवतरण गर्ने ‘स्केजुल’ भए पनि प्रतिकूल मौसमका कारण थाई एयरवेजले लामो समय लिएर दिउँसो २ः२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। 

थाई एयरवेजको बैंककबाट काठमाडौं आएको हो। काठमाडौंमा बिहानैदेखि मनसुनी वर्षात् भइरहेको छ।

त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौं आएको इन्डिगोको जहाज पनि आकाशमा लामो समय ‘होल्ड’ भएको छ। इन्डिगोको ६ई११५३ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण होल्ड हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। 

इन्डिगोको १ः५ मा ल्यान्डिङ स्केजुल रहेकामा १ः३० मा अवतरण हुने अनुमानित समय थियो। अहिले यो जहाज पनि अवतरण भइसकेको विमानस्थलले जनाएको छ। 

त्रिभुवन विमानस्थलका अनुसार अहिले अन्तर्राष्ट्रिय उडानका अधिकांश जहाज अवतरण भइसकेका छन्। 

उक्त दुईबाहेक दोहाबाट आएको नेपाल एयरलाइन्स, दोहाबाटै आएको कतार एयरवेज, टियांफुबाट आएको एयर चाइना, ढाकाबाट आएको विमान बंगलादेश, क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्स, ल्हासाबाट आएको हिमालय एयरलाइन्स, ग्वान्झाउबाट आएको चाइना साउदर्नको जहाज अवतरण भएको विमानस्थलले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .