ad ad

कारोबार


२२ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सीमित

२२ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सीमित

नेपालखबर
असोज १३, २०८१ आइतबार १५:२४, काठमाडौँ

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २२.३६ अंकले घटेर २४६४ अंकमा बन्द भएको छ। 

कारोबार सुरु भएबाटै घटेको नेप्सेले दिनभर उकालो यात्रा गर्न नसक्दा बजार दोहोरो अंकको गिरावटसँगै राताम्मे बनेको हो। 

बजार ‘लिड’ गर्ने समूहहरु नै राताम्मे बनेपछि सूचकले माथि लाग्न सकेन। सबैभन्दा धेरै सेयर कारोबार हुने बैंकिङ, जलविद्युत्, फाइनान्सलगायतका समूहको सूचक घट्दा त्यसको असर बजारमा देखिएको हो। 

आज उत्पादन तथा प्रशोधन समूहबाहेकका सबै समूहको सूचक घटेर राताम्मे बनेको छ। सूचकसँगै आज कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित हुनपुगेको छ। आज लगानीकर्ताले ४ अर्ब ५ करोड रुपैयााँको मात्रै सेयर कारोबार गरेका हुन्। 

यो दिन कारोबारमा आएका ३२७ वटा कम्पनीमध्ये १९३ वटा कम्पनीले भएको मूल्य पनि गुमाएका छन् भने ४६ वटा कम्पनीले कमाएका छन्। कमाउनेमा वीन नेपाल लघुवित्त, कुमारी सबल योजना र इङ्वा हाइड्रो अगाडि छ। 

यी दुवै कम्पनीको सेयरमूल्य ६ प्रतिशत धेरैले बढेको छ । यस्तै घट्नेमा भने माथिल्लो स्याङ्गे हाइड्रो, माथिल्लो हेवा खोला र एनएमबी सुलभ इन्भेष्टमेन्ट रहेका छन् । यी तीन वटै कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो। 

कारोबारमा भने आज एनएलजी इन्स्योरेन्स र सिइडीबी हाइड्रो डेभलपमेन्ट कमपनी अगाडि देखियो । यो दुवै कम्पनीको १५ करोड माथिको सेयर कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .