ad ad

कारोबार


अन्तर्राष्ट्रिय एयरलाइन्सलाई प्राधिकरणले भन्यो– यात्रुलाई छुट सुविधा दिनु

अन्तर्राष्ट्रिय एयरलाइन्सलाई प्राधिकरणले भन्यो– यात्रुलाई छुट सुविधा दिनु

नेपालखबर
असोज १३, २०८१ आइतबार १५:४५, काठमाडौँ

नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्राकृतिक प्रतिकूलताका कारण हवाइ यात्रुहरुले समस्या भोगेको भन्दै अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई विभिन्न शुल्कहरु नलिन विशेष आग्रह गरेको छ। 

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले विज्ञप्ति जारी गर्दै गत शुक्रबारदेखि आगामी अक्टोबर २ सम्मका उडानमा विशेष छुट दिन अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई आग्रह गरेका हुन्। 

यसअनुसार उडान मिति परिवर्तनबापतको शुल्क, नो शो चार्ज (३ घण्टाअघि नै पुग्नुपर्नेमा सो समयमा नपुग्दा अर्थात् ढिला हुँदा तिर्नुपर्ने शुल्क), परिवर्तन हुनसक्ने भाडा (आज उड्नुपर्ने मान्छे ३ दिनपछि उड्ने भएमा) परिवर्तन नगर्न आग्रह गरिएको छ। 

ती छुट सुविधा ११ अक्टोबरसम्म लागू हुनसक्ने प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .