ad ad

कारोबार


राष्ट्र बैंकको गभर्नर नियुक्त हुँदै

राष्ट्र बैंकको गभर्नर नियुक्त हुँदै

नेपालखबर
चैत २४, २०७६ सोमबार ९:१२,

आज बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना बढेको छ। आज अर्थमन्त्री युवराज खतिवडाले मन्त्री परिषद्मा बैठकमा गभर्नर नियुक्तिको प्रस्ताव पेस गर्दै छन्।

मन्त्रिरिषद्को बैठकले नै निर्माण गरेको सिफारिस समितिले छनोट गरेको तीन जनाको नाम खतिवडाले पेस गर्न लागेका हुन्।

मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा रहेको तीन जनाको समिति गठन गरेको थियो। उक्त समितिले कामु गभर्नर चिन्तामणि सिवाकोटी, लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी र पूर्वअर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो। उक्त ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्नेछ।

यस्तो छ नियुक्तिको कानुनी व्यवस्था
नेपाल राष्ट्र बैंक ऐन २०५८ले राष्ट्र बैंकको गभर्नर नियुक्तिको व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंक ऐनको दफा २५ मा नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनभन्दा सामान्यतया एक महिनाअगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गर्ने उल्लेख छ। तर यो काम सरकारले गर्न सकेन।

चैत ६ गते नै गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएको थियो।

त्यस्तै दफा १५मा नियूक्तको लागि समिति गठन हुन पर्ने व्यवस्था गरेको छ। उक्त समितिको संयोजक अर्थमन्त्री हुनपर्ने व्यवस्था छ। तीन जना हुने उक्त समितिको दुई सदस्यमा भने पूर्व गर्भनरबाट एकजना हुनपर्ने र अर्को आर्थिक तथा बैंकिङ क्षेत्रको विज्ञ हुनपर्ने व्यवस्था छ। जुन समिति नेपाल सरकारको मन्त्रिपरिषदको चैत ९ गतेको बैठकले बनाएको थियो।

यो समितिले गर्भनर नियूक्रिको लागि तीन जना पठाउनुपर्ने व्यवस्था उल्लेख छ। तीन जना सिफारिस गर्दा एक जना डेपुटी गभर्नर हुनुपर्ने र अन्य दुई जना पनि आर्थिक तथा बैंकिङ क्षेत्रको विज्ञ तथा योग्य व्यक्ति हुनपर्ने व्यवस्था छ। उक्त सिफारिसमा परेकामध्ये एक जनालाई मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .