ad ad

कारोबार


दुबईमा अलपत्र नेपालीलाई उद्धार उडानमार्फत काठमाडौं ल्याइयो

दुबईमा अलपत्र नेपालीलाई उद्धार उडानमार्फत काठमाडौं ल्याइयो

वसन्त अर्याल
भदौ ७, २०७७ आइतबार १५:२३,

भदौ २ गते दुबईबाट नेपाल आउन नपाएका नेपालीहरु आज (आइतबार) काठमाडौ आइपुगेका छन्।

नेपाल वायुसेवा निगमको जहाजले २६४ नेपालीलाई उद्धार उडानमार्फत काठमाडौं ल्याएको हो।

सीसीएमसीले भदौ २ गतेबाट चार्टर्ड उडान बन्द गर्न निर्देशन दिएपछि नेपाली ल्याउन गएको जहाज दुबई पुगेर पनि खाली फर्किएको थियो।

उडानका लागि दुबई एयरपोर्टमा तयारी अवस्थामा रहेका नेपाली यात्रुहरु अलपत्र परेका थिए। उक्त दिन दुबईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुलाई आज काठमाडौं ल्याइएको हो।

निगमको जहाजले दुबईबाट दुई बच्चासहित २६४ यात्रु काठमाडौं ल्याएको निगमले जानकारी दिएको छ।

उक्त जहाजले काठमाडौंबाट एक बच्चासहित १६५ जना लिएर दुबई पुगेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौं–दुबईका लागि उडान सञ्चालन गरेको हो। भदौ १६ गतेदेखी नियमित उडान मार्फत नेपालीहरुलाई ल्याउने मन्त्रिपरिषदले निर्णय गरेको छ।

विमानस्थलका अनुसार आज बिभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन तथा कार्गाेका लागि आगमन र प्रस्थान दुबै गरी चार अन्तर्राष्ट्रिय उडान भएका छन्। नेपाल एयरलाइन्सले दुबईबाट नेपालीको उद्धार गरी काठमाडौं ल्याएको छ भने हिमालय एयरलाइन्सले चीनको कुनमिङका लागि दुई उडान गर्नेछ।

हिमालयका दुबै जहाज आज राति गन्तब्यतर्फ उड्ने विमानस्थलले जनाएको छ। आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट १७ हजार केजी कार्गाे काठमाडौं ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .