ad ad

कारोबार


सचिव र सहसचिवसँग आधा घण्टा छलफल गरेपछि नवनियुक्त अर्थमन्त्री पौडेलले दिए यस्ता निर्देशन

सचिव र सहसचिवसँग आधा घण्टा छलफल गरेपछि नवनियुक्त अर्थमन्त्री पौडेलले दिए यस्ता निर्देशन

नेपालखबर
असोज २९, २०७७ बिहिबार १२:३४,

अर्थमन्त्री बनेपछि विष्णुप्रसाद पौडेलले कार्यभार सम्हाल्दै करिब आधा घण्टा सचिव र सहसचिवहरुसँग छलफल गरेका छन्।

उनले आज कार्यभार सम्हालेपछि अर्थ मन्त्रालयको सुवर्ण शमशेर हलमा सचिवहरु शिशिर ढुंगाना र रामशरण पुडासैनी, अर्थ मन्त्रालयका सबै महाशाखा प्रमुखहरु (सहसचिवहरु) साथै अर्थ मन्त्रालयमातहत सबै निकायका प्रमुखहसँग छलफल गरेका हुन्।

छलफलमा उनले आफू सर्वेसर्वा नभएको र तपाईंहरुले नै सबै काम गर्नुपर्ने हुनाले तपाईंहरुको सुझावअनुसार आफू अघि बढ्ने बताए।

bishnu bishnu paudel arthamantri3

उनले सुरुमा अर्थतन्त्रको सूचकाङ्कको अवस्थाबारे जिज्ञासा राखेका थिए। हाल राजस्व संकलन, खर्चजस्ता सूचकांकहरुलाई ध्यान दिन र सोहीअनुसार कामलाई प्रभावकारी बनाउन उनले सबैलाई निर्देशन दिए।

कोरोना संकट विश्वव्यापी समस्या भएको कारण नेपालजस्तो अन्य देशले के–कसरी काम गरिरहेका छन्, त्यसको समेत अध्ययन गर्न उनले भनेका छन्।

उनले अहिलेको अवस्थामा वैदेशिक लगानी पनि अत्यन्तै आवश्यक रहेको आफूले महसुस गरेको र आगामी दिनमा सो नीतिलाई ध्यानमा राखेर कार्ययोजनाहरु निर्माण गर्न मातहतका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

उक्त छलफलमा उनले भने, ‘बजेट तथा अर्थ मन्त्रालयले योभन्दा अघि लिएको योजनालाई नै कार्यान्वयन कसरी प्रभावकारी रुपमा गर्न सकिन्छ, त्यसमा नै मेरो जोड हुनेछ।’

bishnu bishnu paudel arthamantri2

संघीयता कार्यान्वयनकै क्रममा रहेको समस्या र आर्थिक संघीयतामा देखिएका द्विविधा पनि हेर्न आवश्यक रहेको भन्दै उनले त्यसमा छलफल गर्नुपर्ने बताएका थिए।

साथै नवनियुक्त मन्त्री पौडेलले अब अर्थ मन्त्रालय दुई हिसाबमा अघि बढ्नुपर्ने बताए। पौडेलले त्यसका लागि पहिलो नीतिगत सुधारहरु गर्नको लागि आहिले आवश्यक गर्नैपर्ने कामहरुको सूची तयार गर्न भनेका छन् भने अर्कोअर्थ मन्त्रालयको तर्फबाट हुने भौतिक कामहरु गर्नको लागि देखिएका समस्याहरुलाई सूचीकृत गर्न भनेका छन्।

‘देखिएका समस्या समाधान कसरी गर्न सकिन्छ, तपाईंहरु र म बसेर गरौँला’, उनले छलफलमा भने, ‘अब अर्थ मन्त्रालयले लिने नीति र कामलाई सबैसामु देखिने गरी प्रभावकारी रुपमा अघि बढाउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .