ad ad

कारोबार


कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया चाँडै : मन्त्री भट्ट

कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया चाँडै : मन्त्री भट्ट

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १३:५४,

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको कञ्चनपुमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढाइने बताएका छन्।

शुक्रबार गोदावरी नगरपालिका–१ स्थित निवासमा प्रेस संगठन नेपालसँग आवद्ध पत्रकारसँगको कुराकानीमा उनले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई चाँडै अगाडि बढाउने बताएका हुन्।

सुक्खा बन्दगाहका लागि मन्त्रालयको प्राविधिक टोलीले यही कात्तिक १६ गतेदेखि काम शुरु गर्ने जनाउँदै उनले दैजीमा औद्योगिक क्षेत्र शिलान्यासको तयारी भइरहेको बताए।

मन्त्री भट्टले कैलालीको हरैयामा बिषेश आर्थिक क्षेत्र, गोदावरी नदीको पश्चिम क्षेत्रमा औद्योगिक करिडोर र लम्की चुहा नगरपालिकाको डुडेझारीमा औद्योगिक क्षेत्र निर्माणको तयारीका लागि पनि अध्ययन शुरु गरिएको जानकारी दिए।

बैतडीमा फलाम खानी, दिपायल–खुटिया मार्ग, कैलालीको चौकीडाँडा–फल्टुडे पक्की सडक निर्माणको कार्य अघि बढाइने उनको भनाइ छ। मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई सुदुरपश्चिमको पहिलो मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने पनि बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .