ad ad

कारोबार


कामना सेवा र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सम्बन्धी सम्झौता

कामना सेवा र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सम्बन्धी सम्झौता

नेपालखबर
पुस १२, २०७७ आइतबार १६:८,

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ।

नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यस सेवा मार्फत कर्पाेरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्ने छन्।

बैंकले सम्झौता पश्चात कर्पाेरेट ग्राहकका लागि छिट्टै नै याे सेवा सञ्चालनमा ल्याउने जनाएकाे छ। यस सेवाले कोभिड– १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्नेछ।

बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक एक्स्टेन्सन काउन्टर, ६६ वटा एटीम एवं सोसियल मिडिया बैंकिङ प्यालटर्फम मार्फत ग्राहकहरुलाइ सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .