ad ad

कारोबार


तिब्बतको ल्हासाबाट नेपालमा सिधै रेमिट्यान्स पठाउन सकिने

तिब्बतको ल्हासाबाट नेपालमा सिधै रेमिट्यान्स पठाउन सकिने

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १५:५८,

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासाबाट सिधै रेमिट्यान्स पठाउन मिल्ने भएको छ।

बैंक अफ चाइना रेमिट्यान्सबाट नेपालमा रकम पठाउन मिल्ने व्यवस्था गरिएको हो।

प्रति वर्ष ५० हजार अमेरिकी डलर रेमिट्यान्स कारोबार गर्न बैंक अफ चाइनाले सहमति जनाएको छ। ल्हासाबाट अहिलेसम्म औपचारिक रेमिट्यान्स नेपाल पठाउन मिल्ने माध्यम थिएन।

ल्हासाको लागि नेपालका महावाणिज्य दूत नवराज ढकालका अनुसार बैंकमार्फत नेपालमा रकम पठाउने सम्बन्धमा बैंक अफ चाइनाका उच्च पदाधिकारी र ल्हासामा रहेका व्यापारी, व्यवसायी र श्रमीकबीच महावाणिज्यदूतको कार्यालयको समन्वयमा छलफल भएको थियो।

बैंक अफ चाइनाले बैंकिङ च्यानलमार्फत रेमिट्यान्स कारोबार गर्न सहजिकरण गर्ने प्रतिबद्धता जनाएको तिव्वतका लागि महावाणिज्यदूत ढकालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .