ad ad

कारोबार


गोलभेँडाले बजार नपाउँदा किसान चिन्तित

गोलभेँडाले बजार नपाउँदा किसान चिन्तित

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ९:२९,

लकडाउनका कारण उत्पादन भएका गोलभेँडा बिक्री नहुँदा बारीमै कुहिन थालेका छन्।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेँडा खेतमै कुहिएको हो।

सवारीसाधन सञ्चालन नभएपछि बारीमा गोलभेँडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन्।

कृषि क्रान्ति गर्ने सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिने बताए पनि व्यवहारमा त्यसो हुन नसेपछि किसानले लगाएको तरकारी बारीमा नै कुहिने गरेका हुन्।

उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरु दोहोरो मारमा परेका छन्। दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैंकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था सिर्जना भएको किसानहरुको गुनासो छ।

बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले उत्पादन गरेको गोलभेँडा बिक्री नहुँदा ११ लाख रुपैयाँ बराबरको घाटा लागेको बताए।

गोलभेँडा बिक्री गर्ने समयमा जिल्लामा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पूर्ण लगानी डुबेको किसान भुषालले बताए। भुषालले कृषि विकास बैँकबाट ५ लाख रुपैयाँ ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती शुरु गरेका थिए।

बिनोद भुषालको तरकारी खेती छेउमै चन्द्रा चौधरीले खेती गरेकी छन्। चौधरी आफैँ पनि गाउँको अगुवा किसान मध्य एक हुन्। चौधरीले माछा, बंगुर र तरकारी खेती समेत गर्दै आएकी छन्।

उनी घर घरका मानिसहरु व्यवसायिक तरकारी खेतीमा लागेको भए पनि बजार व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .