कोभिड अति प्रभावित क्षेत्रलाई इजाजत तथा नविकरण दस्तुरमा छुट दिइने भएको छ।
होटल, हवाई जस्ता पर्यटन क्षेत्र, सञ्चार गृह, व्युटीपार्लर, जिम, चलचित्र उद्योग, लगायतलाई इजाजत तथा नविकरण दस्तुर छुट दिइने बजेट भाषण मार्फत विष्णु पौडेलले बताए।
सरकारले बजेटमाफर्त कोभिड माहामारीका कारण सञ्चालनमा आउन नसकेको होटललाई आइसोलेसन सेन्टरको रुपमा सञ्चालन गरिने बताएको छ।
सरकारी मापदण्डमा सञ्चालन गरिने होटललाई अनुदान दिइने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।
होटल तथा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिइने छ।
3
Shares
प्रतिक्रिया