नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेल्धूरा स्थित आफनो शाखा कार्यालयबाट करिब सवा करोड रुपैयाँको बीमा दाबी रकम भुक्तानी गरेको छ।
आइतबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्वर्गीय पदम राज पन्तको मृत्यु दाबी भूक्तानी गरेको हो।
पन्तले सन् २०२१ फेब्रुअरी २२ मा रु.७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत श्री साबधिक जीवन बीमालेख खरीद गरेका थिए। उनको सन् २०२१ मार्च ६ मा उनको जिप दुर्घटनाका कारण मृत्यु भएको थियो।
कम्पनीले पन्तको बीमा दावी वापत एक करोड २४ लाख ४८ हजार रुपैयाँ उनको इच्छाइएको व्यक्ति उनकी श्रीमती बिमला देवी पन्तलाई भुक्तानी गरेको हो।
उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमुख आतिथ्यमा कम्पनीको डडेल्धूरा शाखा प्रमूखले चेक हस्तान्तरण गरे।
3
Shares
प्रतिक्रिया