ad ad

कारोबार


मारुती र महिन्द्रापछि टाटाले पनि बढायो गाडीको मूल्य

मारुती र महिन्द्रापछि टाटाले पनि बढायो गाडीको मूल्य

नेपालखबर
बैशाख १०, २०७९ शनिबार २३:३०, काठमाडौँ

सवारीसाधन निर्माता टाटा मोटर्सले पनि आफ्ना सवारीसाधनको मूल्यवृद्धि गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार टाटा मोटर्सका पेसेन्जर गाडीको मूल्य औसत १.१ प्रतिशतले बढेको हो। 

कम्पनीले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्माण लागत बढेपछि पेसेन्जर गाडीको मूल्य बढाउनुपरेको जनाएको छ। 

कम्पनीका अनुसार यो मूल्य शनिबारदेखि नै लागू भएको छ। यसअनुसार विभिन्न यो सेग्मेन्टका गाडीको औसत मूल्यवृद्धि १.१ प्रतिशत हुनेछ । 

कम्पनीले यसअघि नै निर्माण लागत बढेको भन्दै मूल्य बढाइसकेको छ । पछिल्लो केही महिनामा इस्पात र अन्य कच्चापदार्थको मूल्य बढेपछि गाडीको मूल्य पाँचदेखि आठ प्रतिशतले बढिसकेको छ । 

यो महिना कार खरिद गर्नेको लागि पनि निराशाजनक रहेको छ । धेरै कार कम्पनीहरुले आफ्ना गाडीको मूल्य बढाएका छन् । यसअघि महिन्द्रा एन्ड महिन्द्राले आफ्ना गाडीको मूल्य साढे दुई प्रतिशतसम्म वृद्धि गरेको थियो । 

यो भनेको कम्पनीका गाडीमा कम्तीमा १० हजार भारुदेखि ६३ हजार भारुसम्मको मूल्यवृद्धि हो । यसबाहेक मारुती सुजुकीले आफ्नो लाइनअपलाई महंगो बनाएको छ। 

मारुती सुजुकी इन्डियाले आफ्ना सबै मोडलको मूल्य बढाइसकेको छ । कम्पनीले गत सोमबार लागत बढेको भन्दै यस्तो निर्णय लिएको जनाएको छ । यसअनुसार सबै मोडलको औसत मूल्य १.३ प्रतिशतले बढेको बताइएको छ । 

पछिल्लो वर्ष जनवरीदेखि यता मारुतीले अहिलेसम्म पाँचपटक मूल्य बढाइसकेको छ । सन् २०२१ जनवरीदेखि सन् २०२२ मार्चसम्म कम्पनीले गाडीको मूल्य लगभग ८.८ प्रतिशतले बढाएको छ ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .