ad ad

कारोबार


फेरि इतिहास बन्दै ‘ड्याट्सन’

जापानी कार उत्पादकलाई अमेरिका, युरोप र एसियामा स्थापित गरेको ब्रान्ड
फेरि इतिहास बन्दै ‘ड्याट्सन’

सन् १९७० को दशकतिर बेलायतमा ड्याट्सन कारको राम्रो बिक्री हुन्थ्यो। त्यसको अर्को दशकमा यसको फेजआउट भयो। तस्बिरः GETTY IMAGES


नेपालखबर
बैशाख १३, २०७९ मंगलबार ८:१६, काठमाडौँ

कार निर्माता निसानले ड्याट्सन नामबाट कार उत्पादन रोक्ने भएको छ। ड्याट्सनको नाममा सय वर्ष लामो इतिहास जोडिन्छ।

दोस्रो विश्वयुद्धपछि विश्वव्यापी रुपमा यो नामबाट जापानी कार स्थापित भएको थियो। 

दशौँ लाख कारहरु यही नामबाट विश्वमा बेचिए पनि सन् १९८० को दशकपछि यो नाम फेजआउट गरिएको थियो।

फेरि तीन दशकपछि कम्पनीले यो नामबाट कार उत्पादन थालेको थियो।

निसानको डीएनएको महत्वपूर्ण अंग भन्दै कम्पनीले नयाँ रेन्जका कार उत्पादन गरेको थियो। 

सोमबार निसानका प्रवक्ता अजुसा मोमोसेले कम्पनीले ड्याट्सनको सेयर बिक्रीलाई निरन्तरता दिने बताउँदै मौजुदा कारहरुको बिक्रीपछिको सेवालाई निरन्तरता दिने बताएको उल्लेख गरिन्। 

‘हामी अहिलेका र भविष्यका ड्याट्सन ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँछौँ’, उनले भनिन्। ड्याट्सन ब्रान्डनामअघि सन् १९१४ मा बनेको कारको नाम ड्याट थियो। जुन टोक्योमा काइशिन्शा मोटरकार वक्र्सले उत्पादन गरेको थियो। 

डीएटी अर्थात् ड्याट सुरुवाती तीन लगानीकर्ता व्यवसायीको नामबाट थियो। तिनमा थिए डेन, आयोमा र ताकेउची। यसको अर्थ जापानी भाषामा छिटो बल्ने भन्ने हुन्छ। त्यही बेला यसलाई ड्युरेबल, अट्राक्टिभ र ट्रस्टवर्थी अर्थात् ड्याटका रुपमा प्रवद्र्धन गरिएको थियो। 

स्वर्गीय हलिउड स्टार पल न्युम्यान आफ्नो ड्याट्सन रेसिङ कार चेक गर्दै (GETTY IMAGE)

सन् १९३३ मा निसानका संस्थापक योशिसुके आईकावाले व्यवसाय आफूले लिए। सन् १९३० को सुरुतिर कम्पनीले ड्याट–सन वा ड्याटको छोराको रुपमा हलुका कार सार्वजनिक ग¥यो। पछि यसको नाम ड्याट्सन राखियो। 

ड्याट्सन त्यस्तो कार ब्रान्ड बनेको थियो जसले जापानी कार उत्पादकलाई युरोप, अमेरिका र एसियामा दोस्रो विश्वयुद्धपछि स्थापित हुन मद्दत मिल्यो। यही मुख्य ब्रान्डलाई निसानले विश्वभर बिक्री गरेको थियो। सँगसँगै उसले निसान र विलासी इन्फिनिटी पनि मुख्य ब्रान्डको रुपमा बिक्री गरेको थियो। 

सन् १९७० को दशकमा कम भरपर्दो ग्यास गजलर्सको विकल्पमा इन्धन पर्याप्ततायुक्त ड्याट्सन हरेक गाडीपारखीको रोजाइ बन्यो। त्यतिखेर १९० देशमा विश्वभर दुई करोड ड्याट्सन कार बिक्री भएको थियो। 

यद्यपि सन् १९८१ मा यसको नाम फेज आउट गरिएको थियो। त्योसँगै निसान कम्पनीको मुख्य ब्रान्ड बनेको थियो। सन् २०१२ मा निसानले ड्याट्सन ब्रान्डलाई फेरि ब्युँताएको थियो। त्यही नाममा भारत र इन्डोनेसियाजस्ता देशमा कारहरु बिक्री गरिएको थियो।

सन् १९५९ ड्याट्सन १००० सेडान टोक्यो प्रदर्शनीमा (GETTY IMAGE)

त्यतिबेला निसानको युरोप र अमेरिकी बजार कमजोर भएको थियो। सोही कारण उसले उदाउँदो अर्थतन्त्र र कम मूल्यका मोडलमा जोड दियो। यसका बाबजुद बितेका वर्षहरुमा यी मोडल पनि राम्ररी बिक्री भइरहेका थिएनन्। 

सोमबार भने निसानले अब मुख्य मोडल र सेग्मेन्टमा ध्यान केन्द्रित गर्दै ग्राहक, डिलर साझेदार र व्यवसायलाई धेरैभन्दा धेरै फाइदा ल्याउने बताएको छ। यो निसानको विश्वव्यापी रुपान्तरणको रणनीति भएको निसानले जनाएको छ।  बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .