ad ad

कारोबार


१० लाख डाउनपेमेन्टमै स्कोडा कुशक खरिद गर्न सकिने

१० लाख डाउनपेमेन्टमै स्कोडा कुशक खरिद गर्न सकिने

नेपालखबर
बैशाख १४, २०७९ बुधबार १२:४०, काठमाडौँ

नेपालमा स्कोडा नेपालको अधिकृत बिक्रेता एमएब्लु इन्टरप्राइजेज प्रालिले नयाँ योजना ल्याएको छ। 

कम्पनीले विभिन्न सुविधासहितको ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अस्योरेन्स’ घोषणा गरेको हो। 

यस योजनामा ग्राहकहरूले मात्र १० लाखको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् र गाडीको २ वर्षको निःशुल्क आवधिक सर्भिसिङ पाउने कम्पनीले जनाएको छ।

एमएडब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको बताए। 

योजनाअनुसार स्कोडा कुशक मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ। त्यस्तै ग्राहकहरूले २ वर्षको निःशुल्क आवधिक सर्भिसिङ सेवा प्राप्त गर्नेछन् (ग्राहकहरूले आफ्नो सवारी साधनको वार्षिक सर्भिसिङको क्रममा कुनै शुल्क तिर्नु पर्दैन)।

कम्पनीका अनुसार स्कोडा कुशकलाई ७ वर्षको लागि ७० प्रतिशत ऋणमा वित्त पोषण गर्न सकिन्छ। कुनै ऋण प्रशोधन शुल्कविना स्कोडा कुशक खरिद गर्न कम्पनीको आग्रह छ।

ग्राहकले आफ्नो पुरानो कार स्कोडा कुशकको लागि ठाउँको ठाउँ साट्न सक्नेछन्। यसलाई डाउन पेमेन्ट मानिने कम्पनीले उल्लेख गरेको छ।

यसबाहेक ग्राहकले स्कोडा कुशकसँग निःशुल्क एक्सेसरिज पनि पाउनेछन्। स्कोडा कुशक नेपालमा तीन फरक भेरियन्ट एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। 

यसमा अवार्डविजेता नयाँ टीएसआई प्रविधिसहितको १.० लिटर इन्जिन छ जसले ११५ पीएस र १७८ एनएम टर्क उत्पादन गर्छ।स्कोडा गाडीहरू निर्माण गुणस्तर, ड्राइभिङको आनन्द, आराम, सुरक्षा र प्रदर्शनका लागि परिचित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .