टाटा मोटर्सले विद्युतीय बस र ट्रकमा लगानी गरी केही वर्षमै ८० अर्ब कमाउने गरी व्यवसाय अघि बढाउनखोजेको छ।
टाटाले निजीभन्दा कमर्सियल विद्युतीय गाडीबाट बढी कमाइ हुने आकलनसहित व्यवसाय अघि बढाउने योजना बनाएको हो।
टाटाले भारतमा हालै ५ हजार ५०० विद्युतीय बस सरकारलाई बिक्री गर्ने टेन्डर पारेको छ। उसले ३० अर्बको टेन्डर हात पारेको हो।
टाटाले अमेजन, फिल्पकार्ट, बिग बास्केट, डेलिभरी, मुभिङ डटकमलाई १५ देखि २० हजार विद्युतीय ट्रक हस्तान्तरणको लागि सम्झौता गर्ने तयारीमा रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
टाटाले ई–कमर्स कम्पनीलाई एस मिनी ट्रकका विद्युतीय गाडी उपलब्ध गराउनेछ। कम्पनीले ट्रक बिक्री गरी २४ अर्ब आम्दानी गर्न सक्छ।
270
Shares
प्रतिक्रिया