ad ad

कारोबार


यस्तो छ चौधरी ग्रुपले बेच्न लागेको विद्युतीय गाडी

यस्तो छ चौधरी ग्रुपले बेच्न लागेको विद्युतीय गाडी

नेपालखबर
बैशाख २३, २०७९ शुक्रबार १८:२८, काठमाडौँ

चौधरी ग्रुपले पहिलोपटक विद्युतीय गाडीको व्यवसाय सुरु गर्दै छ। 

चर्चित व्यावसायिक घरानीया सीजीले चिनियाँ ब्रान्ड ‘नेटा’को विद्युतीय कार भित्र्याउन लागेको हो। 

यसअघि ग्रुपकै अरुण चौधरीले अटो व्यवसाय गर्दै आएका छन्। अब भने विनोद चौधरी पनि अटो व्यवसायमा लागेका हुन्। 

नेपालमा विद्युतीय गाडीको बजार बढ्दै जाँदा चौधरी ग्रुपले विद्युतीय गाडी बिक्री गर्न थालेको छ। चौधरी ग्रुपका डाइरेक्टर निर्वाण चौधरीले सीजी मोटरले विद्युतीय गाडी ल्याउनलागेको जानकारी दिए। 

ग्रुपले अहिले नेटा भी मोडलको गाडी नेपाल ल्याउँदै छ। नेटा भीमा एआई भ्वाइस कन्ट्रोल सिस्टम छ। गाडीमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन इन्फरमेसन डिस्प्ले छ। गाडीको अघिल्लो भागमा विश्वचर्चित टेस्लाको लुक्स (स्वरुप) देखिन्छ। 

गाडी २ वटा सेगमेन्टमा उत्पादन भइरहेको छ। गाडीमा ४० किलोवाटको मोटर र ३१.१८ किलोवाट आवरको ब्याट्री छ। एक पटकको चार्जमा ३०१ किमिसम्म गुड्नसक्ने यो गाडीले अधिकतम १७५ एनएम टर्क जेनेरेट गर्छ।

लामो रेञ्जका मोडलमा ३८.५४ किलोवाट आवर ब्याट्री प्याक छ भने मोटर ५५ किलोवाटको छ। यसले एकपटकको चार्जमा ४०१ किमिसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ। गाडीमा फास्ट चार्जरबाट आधा घण्टामा ८० प्रतिशत बढी चार्ज हुने कम्पनीले उल्लेख गरेको छ। 

गाडीको स्पिड १०० किमि प्रतिघण्टा छ। गाडीको दुवै साइडमा चार्जिङ पोर्ट छ। एउटा साइडमा फास्ट चार्जिङ पोर्ट र एउटामा नर्मल चार्जिङ पोर्ट रहेको छ। 

गाडीमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ। यसमा कम्फर्टको लागि सेन्ट्रल लक, रिमोट लक, कि–लेस स्टार्ट, कि–लेस इन्ट्री सिस्टम छ। डाइभिङ सपोर्टिङमा रियर भ्यु क्यामेरा, टायर प्रेसर मोनिटरिङ, एबीएस र इबीडी ब्रेकिङ सिस्टम छ। गाडीमा सुरक्षाको लागि इलेक्ट्रोनिक पार्किङ सिस्टम र अटोमेटिक अटोहोल्ड रहेको छ। 

हालोजेन बिम, अटोमेटिक हेडलाइट, डेटाइम रनिङ लाइट रहेको गाडीमा भ्वाइस कन्ट्रोल, सेन्सर एलसीडी स्क्रिन, ब्लुटुथजस्ता इन्फोटेनमेन्ट फिचर छन्। सेफ्टी फिचरमा ध्यान दिइएको गाडीमा ड्राइभर र प्यासेन्जर दुवैतर्फ एयरब्याग छ। 

गाडीको लम्बाइ ४ हजार ७० एमएम, चौडाइ १६९० एमए र उचाइ १५५० एमएम छ। गाडीमा १४६ एमएम ग्राउन्ड क्लियरेन्स छ भने २४२० एमएम ह्विलबेस छ।

चिनियाँ कम्पनी होजोन न्यू इनर्जी अटोमोबाइल को.लिमिटेडको ईभी ब्रान्ड हो नेटा। होजोन अटो २०१४ मा स्थापना रिसर्च एन्ड डेभलप्मेन्ट सुरु गरेको थियो। कम्पनीले २०१८ मा नेटा ब्रान्ड ल्याएको जानकारी गराएको थियो। २०१८ नोभेम्बरमा नेटा एन०१ लञ्च गरेको थियो।

मार्च २०१९ मा बेइजिङमा डिजाइन सेन्टर खोल्यो। अप्रिलमा भएको सांघाई अटो शोमा युरेका ०२ र नेटा यु लञ्च गरेको थियो। २०२० नोभेम्बरमा नेटा भी औपचारिक रुपमा लञ्च गरेको थियो। २०२१ मा नेटा यु प्रो लञ्च गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .