ad ad

कारोबार


होण्डा बाइक किन्दा ७ लाख जित्न सकिने, स्क्राचबाट १ लाखसम्म क्यासब्याक

होण्डा बाइक किन्दा ७ लाख जित्न सकिने, स्क्राचबाट १ लाखसम्म क्यासब्याक

नेपालखबर
बैशाख २८, २०७९ बुधबार १३:५८, काठमाडौँ

नेपालको लागि होण्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ। 

नेपालभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउनसक्ने यो योजनाअन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ। 

कम्पनीका अनुसार योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूमध्ये प्रत्येक प्रदेशबाट एक–एक जना गरी सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्रमार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सकिनेछ। 

साथै बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले नगद ७ लाख नगद उपहार पाउनेछन्। स्याकार इन्भेष्टमेन्टमार्फत हुने १ प्रतिशत ईएमआई पेमेन्ट स्किमबाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ। 

योजना २०७९ वैशाख २५ देखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .