भारतीय सवारीसाधन निर्माता महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले पुनेमा विद्युतीय सवारी उत्पादन प्लान्ट बनाउने भएको छ।
कम्पनीले विद्युतीय गाडी कारखानामा १ अर्ब २१ करोड डलर लगानी गर्ने बुधबार घोषणा गरेको हो।
जनसंख्याअनुसार भारतलाई राम्रो कारबजार मानिन्छ। यद्यपि वार्षिक बिक्री हुने ३० लाख कारमध्ये विद्युतीय कारको हिस्सा केवल १ प्रतिशत मात्र रहेको छ। पछिल्लो समय सरकारले सन् २०३० सम्म विद्युतीय गाडीको हिस्सा ३० प्रतिशत पु¥याउने बताएको छ।
महिन्द्राको मुख्यालय मुम्बईमा रहेको छ। महाराष्ट्र राज्य सरकारबाट लगानी स्वीकृति भए कम्पनीले ७–८ वर्षभित्र उक्त प्लान्ट बनाउनेछ।
अटो निर्माताहरुको घरका रुपमा पुनेलाई लिइन्छ। जहाँ बजाज अटो, हिरो मोटोकर्प, फक्सवागनको भारतीय युनिट र मर्सिडिज बेन्ज पनि रहेका छन्।
महिन्द्राले आगामी संस्करणमा बर्न इलेक्ट्रिक भेहिकल्स उत्पादन गर्ने जनाएको छ। जुन एक्सयूभी७०० को ईभी भेरियन्टका रुपमा बजारमा आउनेछ।
उक्त ईभी प्लान्टको लागि कम्पनीले २५ देखि ५० करोड डलरसम्म पैसा लगानीकर्ताबाट उठाउनेछ।
Shares
प्रतिक्रिया