मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण आगामी वैशाख १५ र १६ गते शुक्रबार र शनिवार आयोजना हुने भएको छ।
विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुने भएको हो।
मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यावसायिक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ।
विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागि रहने छन् । लक्ष्मी हुन्डाई र बीवाईडीको सहकार्यमा र्याली आयोजना हुँदै छ।
र्यालीमा प्रयोजकको रुपमा एमजी, सिप्रदी, भीडब्लू, ग्लोवल आइएमई बैंक, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स जस्ता ब्राण्ड छन्।
र्यालीको बैंकिङ पाटनर सिटिजन्स बैंक छ भने बेभरेज पाटनर हिमालयन ब्रुअरी, ल्यूब पाटनर नेपाल ल्यूव आयल र इन्टरनेट पाटनर डिसहोम फाइबर नेट रहेका छन्।
Shares
प्रतिक्रिया