सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले इतिहास रच्दै पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्।
दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई१००ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो। योे यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारीसाधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ।
६ रात ७ दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जरसहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए।
उनले सम्पूर्ण यात्राको दौरान चार्जिङ खर्च ६५० रुपैयाँ मात्रै खर्चिएका थिए। यस किफायती र कम लागतको विद्युतीय स्कूटरको यात्राले आगामी दिनहरुमा वातावरणमैत्री यातायात साधनका विकल्पहरूको प्रवर्द्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्साहन दिएको छ। सेगवे इलेक्ट्रिक स्कुटर ई१०० यात्रा अवधिभरि एक भरपर्दो र प्रभावशाली साथी साबित भएको छ।
यात्रा अवधिभरि सेगवे ई१०० को कार्य क्षमताको सफलता पूर्वक उचित परीक्षण गरिएको थियो, जस अन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो।
सेगवे इलेक्ट्रिक स्कूटर ई१०० ले यी परीक्षणहरूमार्फत सहजै विभिन्न भू–भाग र परिस्थितिहरूमा यसको प्रभावशालिता र निर्भरता प्रदर्शन गरेको छ । धिरेनले यो साहसिक यात्रा सुरु गर्नु अघि सोही स्कुटर, सेगवे ई१००, काठमाडौंबाट कुलेखानी रुट हुँदै हेटौंडासम्म यात्रा गरेर सफलतापूर्वक परीक्षण गरेका थिए। यसै गरि उनले सेगवे सेगवे एन१०० को पनि काठमाडौंदेखि पोखरासम्मको यात्रा गरि परीक्षण गरेका थिए।
यस यात्राको सबैभन्दा प्रभावशाली पक्ष मध्ये एक न्यूनतम वातावरणीय प्रभाव हो। शून्य उत्सर्जन र ध्वनि प्रदूषणको साथ, सेगवे इलेक्ट्रिक स्कूटर ई१०० एक वातावरण मैत्री विकल्प साबित भएको छ। सेगवे ई१०० इलेक्ट्रिक स्कूटरमार्फत पूर्वदेखि पश्चिमसम्मको यात्रा दिगो गतिशीलतामा महत्वपूर्ण कोसेढुङ्गा हो र यसले विद्युतीय सवारी साधनहरूको क्षमतालाई पदर्शन गर्दछ ।
धीरेनमान श्रेष्ठको यो उत्कृष्ट उपलब्धिले वातावरणमैत्री यात्रा विकल्पहरू विस्तार गर्दै यातायातको स्वच्छ, हरियाली मोडहरू तर्फ परिवर्तन गर्न प्रोत्साहित गर्नेछ।
Shares
प्रतिक्रिया