बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले नेपालका मुख्य मुख्य स्थानहरुमा ११ डीसी फास्ट चार्जर जडान गरेको छ।
नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको हो।
यी चार्जरहरुमध्ये, १० वटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिनेछ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर बाट सुसज्जित रहेको कम्पनीले जनाएको छ।
साइमेक्सद्वारा पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो। यी चर्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ।
विद्युतीय साधन चार्जिङ्ग स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै साइमेक्सले चार्जिङ्ग नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ। साथै, डिसेम्बर २०२३ को अन्त्यसम्ममा थप १८ डीसी फास्ट चार्जरहरु पनि संचालनमा ल्याइनेछन्।
बीवाईडी अट्टो ३ का लागि ८८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ्गको प्रयोग गर्न सकिन्छ भने बीवाईडी डल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिन्छ। यसले ३० देखि ४५ मिनेटमा बीवाईडी विद्युतीय साधनहरुलाइ ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ।
Shares
प्रतिक्रिया