चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीले अमेरिकी बिजुली कार उत्पादक टेस्लालाई उछिनेको छ।
चर्चित अर्बपति इलोन मस्कको टेस्लाले भन्दा बीवाईडी गत वर्षको अन्तिम तीन महिनामा धेरै कार बिक्री गरेको हो।
योसँगै बीवाईडी संसारकै ठूलो विद्युतीय कार उत्पादक बिक्रेता भएको छ।
बीवाईडीले कीर्तिमानी ५ लाख २६ हजार ब्याट्रीयुक्त मात्र कार बिक्री गरेको जनाएको छ।
आफ्नो ब्याट्रीयुक्त मात्र कारको बिक्रीमा टेस्लालाई बीवाईडीले उछिनेको यो पहिलो त्रैमासिक हो।
यद्यपि वार्षिक तुलनामा भने टेस्ला नै धेरै बिक्री भएको देखिएको छ।
मंगलबार टेस्लाले सन् २०२३ को अन्तिम तीन महिनामा ४ लाख ८४ हजार ५ सय ईभी बिक्री गरेको जनाएको छ। गत वर्ष कम्पनीले कुल १८ लाख विद्युतीय कार बिक्री गरेको उल्लेख गरेको छ।
93
Shares
प्रतिक्रिया