नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम गर्ने भएको छ।
कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायतका गाडीहरु साट्न सकिनेछ।
ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुचि तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो।
मेला यही पुस २७ देखि २९ गतेसम्म उपत्यकाबाहिर टाटा मोटर्सको शोरुम अलास्का मोटर्स बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ वीरगन्ज आयोजना गर्न लागिएको हो।
फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन्। यस कार्निभलका मुख्य उद्देश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो।
कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ र खरिद समेत गर्नसक्ने कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया