टाटा मोटर्सले भारतमा पन्च ईभी भारतमा सार्वजनिक गरेको छ।
कम्पनीले १०.९९ लाख भारु सुरुवाती मूल्यमा उक्त कार बजारमा सार्वजनिक गरेको हो।
पाँच भेरिएन्टमा उपलब्ध यो कार दुई ब्याट्री प्याक विकल्पमा बजार आएको छ।
नयाँ प्रवेशसँगै कम्पनीका चार पूर्ण विद्युतीय मोडलका कार बजार भित्रिएका छन्।
नेक्सन ईभीबाट थोरै डिजाइन लिएको यो गाडीमा एलईडी लाइट बार, एलईडी हेडल्याम्प र एरो डिजाइनयुक्त अलोय ह्विल छ। गाडीमा १०.२५ इन्चको ठूलो टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले रहेका छन्।
गाडीमा स्वचालित क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, छवटा एयरब्याग, ब्लाइन्ड स्पट मनिटर, ३६० डिग्री क्यामरा जडान गरिएको छ।
दुई ब्याट्री प्याकमध्ये २५केडब्ल्यूएच युनिट र ३५केडब्ल्यूएच युनिट छन्। जसअनुसार पहिलोले ३१५ किमि रेन्ज र दोस्रोले ४२१ किमि रेन्ज दिन्छ।
नेपालमा कहिले आउँछ?
भारतमा सार्वजनिक भएसँगै यो गाडी नेपालमा पनि भित्रिनेछ। हालसम्मका टाटाका सबै विद्युतीय कारहरु नेपाल आइसकेका छन्।
आगामी नाडा अटो शोसम्ममा गाडी नेपाल आउन सक्नेछ।
Shares
प्रतिक्रिया