हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सीजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ।
विगत केही समयदेखि हिरोको आधिकारिक बिक्रेताबारे अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा भोगेका समस्या समाधान गर्न लागेको हो।
‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौँ, ग्राहक पूर्ण सन्तुष्ट हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिनेछौँ’, सीजी मोटर्सले भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ। अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहनेछैन।’
हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले दाबी गरेको छ।
कम्पनीको प्रतिबद्धता छ, ‘हामी उत्कृष्ट थ्रिएस सेवा दिने प्रतिबद्धता जाहेर गर्छौं, हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले फिल गर्ने गरी उत्कृष्ट बनाउनेछौँ। पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रक्रिया अगाडि बढाइसकेका छौँ।’
मार्चदेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सीजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउसकाे समेत तयार भइरहेको छ। पार्टपुर्जा आयात गर्नका लागि प्रतीतपत्र (एलसी) खोलिसकेको छ।
‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन’ सीजी मोटर्सका सेल्स एण्ड अपरेशन हेर्ने जिएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो।’
यसअघि ज्योति ग्रुपले बिक्री गर्दै आएको हिरोको आधिकारिक बिक्रेता खोसिएसँगै पार्टस वारेन्टी भएका ग्राहकले पार्टस नपाउने र सर्भिस लिने अन्यौल रहेको गुनासो गरेका छन्। चौधरी ग्रुपले पार्टस आयात नगरिसकेको र ज्योति ग्रुपले वारेन्टी नदिँदा ग्राहक अप्ठ्यारोमा परेका छन्।
नेपालमा हिरो लोकप्रिय ब्रान्डका रुपमा स्थापित छ। हिरोका मोटरसाइकल र स्कुटर सर्वाधिक बिक्री हुनेमा पर्छन्। हजारौंको संख्यामा रहेका हिरोका ग्राहकहरु सन्तुष्ट गराउने एकमात्र लक्ष्य रहेको कम्पनीको भनाई छ।
नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिअनुसार मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुपमातहतको सिजी मोटर्ससँग सहकार्य गरेको छ।
सहकार्यअन्तर्गत हिरो मोटोकर्प र सिजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादनहरु एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ दि आर्ट ग्रीनफिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया