चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीले बंगलादेशमा शोरुम खोलेको छ।
बंगलादेशका लागि अधिकृत बिक्रेता सीजी रनर बंगलादेश लिमिटेडले शनिबार आधिकारिक रुपमा शोरुम खोलेको हो।
नेपालको चौधरी ग्रुप र बंगलादेशको रनर ग्रुप मिलेर उक्त कम्पनीको नाममा बीवाईडीका गाडी बिक्री थालेका हुन्।
कम्पनीका अनुसार ढाकास्थित तेजगाउँ औद्योगिक क्षेत्रमा बीवाईडीको शोरुम रहेको छ। शोरुम उद्घाटनसँगै कम्पनीले बीवाईडी सिल समेत सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा बीवाईडीका दुई भेरियन्ट प्रिमियम र पर्फमेन्स शोरुमबाट किन्न पाइनेछ।
प्रिमियम भेरियन्टको ५७० किमि माइलेज छ भने पर्फमेन्स भेरियन्टको माइलेज ५२० किमि रहेको छ।
बीवाईडीको इप्लेटफर्म ३.०सँगै आएका कारमा सीटीबी प्रविधि, ब्लेड ब्याट्री र इन्टेलिजेन्ट टर्चर एड्याप्टेसन कन्ट्रोल अर्थात् आईट्याक लगायत छन्। शोरुममा दुईवटा एसी र डीसी चार्जर रहेका छन्।
Shares
प्रतिक्रिया