अमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द अमोडा इ फाइभले ब्याट्रीसम्बन्धी दुईवटा महत्वपूर्ण परीक्षण पूरा गरेको छ।
गाडीको पानी छिचोल्ने वाटर वेडिङ र अन्डरबडी स्क्रापिङ परीक्षण गरेको कम्पनीले जनाएको छ।
कम्पनीले भनेको छ, ‘यस गाडीले ती दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको छ।’
पानी छिचोल्ने वाटर वेडिङ्ग परीक्षणले अमोडा इ फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ। परीक्षणका क्रममा, अमोडा इ फाइभले गाडीको अगाडीको ग्रिलसम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो।
‘पोखरीको पानीले गाडीको अगाडीको भागको तिन चौथाइ भाग छोपेको थियो। त्यसका बावजुद ओमाडा इ फाइभले पोखरीलाई स्थिर गतीमा पार गर्न सफल भयो’, कम्पनीले भनेको छ, ‘सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटि भएन, न त त्यसले कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नै बज्यो।’
त्यस्तै अन्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश सृजना गरिएको थियो। जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध सृजना गरी परीक्षण गरिएको कम्पनीको भनाइ छ।
यस परीक्षणमा अमोडा इ फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो। जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो। तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएममाथि रहँदै अघि बढेको गाडीको ब्याट्री प्याकमा कुनै क्षति नपुगेको कम्पनीले भनेको छ।
जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको कम्पनीको दाबी छ।
‘गाडीको तल्लो भागमा क्षती पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ’, कम्पनीले भनेको छ।
कम्पनीका अनुसार अमोडा ई५ सीएनक्याप, युरो एनक्याप, एएनक्याप, ल्याटिन एनक्याप र एसियन एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।
एसपीजी अटोमोबाइल्स प्रा.लि. अमोडा र जेइको अटोमोबाइल को.लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता रहेको छ।
Shares
प्रतिक्रिया