चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो पहिलो विद्युतीय कारको बिक्री यही महिनादेखि सुरु गर्ने भएको छ।
कम्पनीले प्रतिस्पर्धा बढिरहेको अटोमोटिभ क्षेत्रमा पहिलो कार बिक्री गर्नलागेको हो।
कारको मूल्य आगामी २८ तारिखमा घोषणा गर्ने कम्पनीले जनाएको छ।
चीनको पाँचौँ ठूलो स्मार्टफोन निर्माता कम्पनीका २९ सहरमा ५९ वटा स्टोर छन्। बीवाईडी र टेस्लाबीच कारको मूल्यमा प्रतिस्पर्धा चर्किरहेका बेला साओमीले बजारमा प्रवेश गर्न लागेको होे।
कस्तो छ कम्पनीको कार?
कम्पनीले गत वर्ष स्पिड अल्ट्रा ७ (एसयूभी) सार्वजनिक गरेको थियो। कम्पनीका प्रमुख कार्यकारी लिइ जुनले कम्पनी विश्वका शीर्ष ५ कारनिर्मातामा पर्ने उद्देश्य राखेको बताएका थिए।
कम्पनीले सवारी व्यवसायमा १० अर्ब डलर लगानी गर्ने जनाएको छ। एसयू७ मा सुपर इलेक्ट्रिक मोटर प्रविधि छ। जुन केही टेस्ला र पोर्स्की ईभीभन्दा द्रुतगतिमा चल्न सक्छ।
एसयू७ को उत्पादन राज्य स्वामित्वको बीएआईसी ग्रुपले बेइजिङमा गर्नेछ। उक्त कम्पनीले एक वर्षमा २ लाख कार उत्पादन गर्न सक्ने बताइएको छ।
Shares
प्रतिक्रिया