विभिन्न अन्तर्राष्ट्रिय अटो ब्रान्डको बिक्री गर्दै आएको एमएडब्लु वृद्धिले सेरेसको नयाँ उत्पादन नेपाली बजारमा ल्याउने भएको छ।
कम्पनीले सेरेस ग्रुपको ११ सिटे विद्युतीय भ्यान सोकन ईसी ३६ नेपाली बजारमा ल्याउन लागेको हो।
सेरेस ग्रुपलाई विश्वमा चोङकिङ सोकन इन्डस्ट्रियल ग्रुप कम्पनी लिमिटेडका रुपमा चिनिन्छ। उक्त कम्पनी डङफेङ र सेरेस ग्रुपको साझेदारीमा निर्माण भएको हो।
चीनको शीर्ष ५०० इन्टरप्राइजेसमा पर्ने यो ग्रुप चीनका माइक्रो भेहिकल क्षेत्रमा उच्च निर्यातकर्ता समेत रहेको छ।
यता एमएडब्लुले यामाहा, जेसीबी, स्कोडा, जीप, आइचर, चांगन, फियाट, सेरेस, फोटोन र अन्य धेरै ब्रान्डको बिक्री वितरण गर्दै आएको छ।
कम्पनीले सोकन ईसी ३६ लाई आगामी अप्रिलमा नेपालमा लन्च गर्नेछ।
75
Shares
प्रतिक्रिया