सीजी मोटर्सले बिक्रीवितरण गर्दै गरेको किङ्लङ ईभी भ्यान अब १९ सिटरमा डिजल इन्जिनभन्दा दोब्बर वारेन्टी भएको गाडी उपलब्ध हुने भएको छ।
अहिले प्रयोगमा रहेको डिजल गाडीको तुलनामा दोब्बर वारेन्टी, ४ लाख किमि तथा ७ वर्षको ब्याट्री वारेन्टी भएको १९ सिटर किङ्लङ ईभी भ्यान सर्वजनिक यातायात क्षेत्रमा हालसम्मकै धेरै ब्याट्री वारेन्टी भएको कम्पनीले दाबी गरेको छ।
नयाँ किङ्लङ १९ सिटर भेरियन्टमा उच्चतम सिटिङ्ग क्यापासिटी र पुलिङ्ग पावर रहेको छ। चीनमा उत्पादन हुने किङ्लङ सेगमेन्टमा अग्रणी मानिन्छ भने यसमा प्रयोग हुने एलएफपी टेक्नोलोजीको सीएटीएल ब्याट्री चीनमा अहिलेसम्मको उत्कृष्ट मानिने कम्पनीको भनाइ छ।
किङ्लङ इलेक्ट्रिक प्यासेन्जर भ्यानमा २२० एम.एम. को ग्राउन्ड क्लियरेन्स रहेको छ भने रिजेनेरेसनको १० वटा विभिन्न मोडहरु पनि यसमा समावेश गरिएको छ। एक पटक फुल चार्जेमा ३०० किमिको रेन्ज दिने यो भ्यान नेपाली यातायात क्षेत्र मा उत्कृष्ट रहेको मानिन्छ।
विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सिजिले नेपालको प्रमुख राजमार्ग, मुख्य शहरहरुमा थप चार्जिङ्ग नेटवर्क विस्तार गर्ने योजना ल्याएको हो।
हालसम्म १०० भन्दा स्थानहरुमा चार्जर जडान गरिसकेको जानकारी दिएको छ। कम्पनीका अनुसार उक्त नेटवर्कमा जीबीटी र सीसीएस २ गरी दुवैथरिका चार्जिङ्ग पोइन्ट रहनेछन्।
किङ्लङ १९ सिटरको मूल्य ७८ लाख रुपैयाँ राखिएको छ।
काठमाडौंको पानीपोखरीमा नयाँ बन्दै गरेको शोरुमबाट गाडीको डेमो लिन सकिनेछ।
Shares
प्रतिक्रिया