चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीले ७० लाख ईभी उत्पादनको कोशेढुंगा पार गरेको छ।
कम्पनीका अनुसार यो कोशेढुंगा पार गर्ने विश्वकै पहिलो कम्पनी बन्न पुगेको हो। कम्पनीले डेन्जा एन७ चीनको जिनान कारखानामा सार्वजनिक समेत गरेको छ।
सन् २००१ को मे महिनामा कम्पनीले १० लाख ईभी उत्पादन पूरा गरेको थियो। त्यसको १८ महिनामा कम्पनीले त्यसलाई तीन गुणाले वृद्धि गर्न सफल भएको थियो। अको ५ महिनामा कम्पनीले ५० लाख युनिट उत्पादन कटाएको थियो।
सन् २०२३ मा बीवाईडीको वार्षिक ईभी बिक्री ३० लाख २० हजार युनिट पुगेको थियो। कम्पनीले विभिन्न मोडलका ईभी उत्पादन गर्दै आएको छ।
सन् २०२३ यता कम्पनी विश्वबजारमा तीव्र गतिमा फैलिएको छ। विश्वबजारमा कम्पनीका २ लाख ४० हजार युनिट गाडी बिक्री भइसकेका छन्। जुन ३३७ प्रतिशतको वार्षिक वृद्धि हो।
सो वर्ष कम्पनी चीनकै पहिलो ठूलो निर्यातक बनेको थियो। बीवाईडीका गाडीहरु ६४ देश र क्षेत्रमा पुगिसकेका छन्। कम्पनीले थाईल्यान्ड, ब्राजिल, उज्बेकिस्तान र हंगेरीमा उत्पादनमा लगानी गरेको छ।
यो वर्ष कम्पनी यूईएफए युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक साझेदार नै भएको छ।
Shares
प्रतिक्रिया