दुईपाङ्ग्रे सवारीसाधन कम्पनी होन्डाले नयाँ बाईक एनएक्स२०० नेपाली बजारमा भित्र्याएको छ।
एनएक्स२०० बाईकलाई सिटी राइडिंग र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।
एनएक्स२०० मा उपलब्ध 'वाइण्ड भाइजर' र 'एलईडी विङ्कर' सहितको 'नकल कभर'ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको कम्पनीले जनाएको छ।
'लिक्युइड क्लियर' डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स२०० को अरु थप उल्लेखनीय विशेषता हुन्।
एनएक्स२०० मा रहेको 'फ्रन्ट ए बी एस सिस्टम' र 'डूअल पेटल डिस्क ब्रेक' रहेको छ। 'पीजीएम एफआई सिस्टम'ले इन्धनको बचत गर्ने कम्पनीको दाबी छ।
१० वर्षसम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध एनएक्स२०० को सुरुवाती बिक्री मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ।
कम्पनीले एनएक्स२०० को औपचारिक बिक्री वितरण यही चैत १५ बाट सुरु गरिसकेको छ।
Shares
प्रतिक्रिया