बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्षको अवसरमा ‘नव आरम्भ’ योजना ल्याएको छ।
बजाजले नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको हो।
‘नव आरम्भ’ योजनाअन्तर्गत ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरुले १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन्।
त्यसका साथै ग्राहकहरुले ३६ महिनाको ईएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ। त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुनेछ।
कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि यो योजना सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे।
‘ग्राहकवर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरु लिएर आएका छौँ’, उनले भने, ‘हामीलाई निरन्तर अपार माया प्रदान गर्नुहुने ग्राहकहरुलाई हामी बजाजको तर्फबाट नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्न चाहन्छौँ।’
बजाज नेपालमा ठूलो सर्भिस नेटवर्क भएको कम्पनी हो। विगत २५ वर्षदेखि बजाजले नेपालमा दुईपांग्रे व्यवसाय गर्दै आएको छ।
Shares
प्रतिक्रिया