हिरो मोटोकर्पको आधिकारिक बिक्रेता पाएसँगै चौधरी ग्रुपले यसका दुई पांग्रेको व्यापार आइतबार एक कार्यक्रम गरी सुरु गरेको छ।
नेपालमै एसेम्बलिङ युनिट स्थापना गरी कम्पनीले यहीँ एसेम्बल्ड उत्पादनको बिक्रीवितरण सुरु गरेको हो।
बिक्रेता सीजी मोटर्सका अनुसार स्प्लेन्डर प्लस (डीआरएससीसीआर)को प्रतिएकाइ मूल्य २ लाख ६ हजार ९ सय रहेको छ। त्यस्तै सुपर स्प्लेन्डर (डीआरएससीसीआर)को २ लाख ४० हजार ५ सय, एक्सपल्स २०० ४ भी (डीडीएसएसएफआई)को ४ लाख ५० हजार, जुम (स्कुटर–डीआरएससी एफआई)को २ लाख ४९ हजार ९ सय र जुम (स्कुटर–डीआरजेटसी एफआई)को २ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको छ।
सबै तस्बिर : सरोज बैजु
1.2k
Shares
प्रतिक्रिया