चर्चित चारपांग्रे ब्रान्ड बीएमडब्लुको विद्युतीय कार आईएक्स१ एसएभी नेपालमा आएको छ।
नेपालमा बीएमडब्लुको अधिकृत बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले उक्त एसएभी नेपाली बजारमा भित्र्याएको हो।
बीएमडब्लु आईएक्स१ मा रहेको इड्राइभ २० प्रिमियम इलेक्ट्रिक साधनका रुपमा आएको छ।
यसमा कम्बाइन पावर कन्जम्प्सन १७.२–१५.४ केडब्लुएच/१०० किमि छ। पूर्ण विद्युतीयमा यो कम्पनीको कम्प्याक्ट एसएभीको दोस्रो मोडल हो। यसमा रहेको इलेक्ट्रिक मोटरले १५० केडब्लु/२०४ एचपीको शक्ति जेनेरेट गर्छ।
यो ४३० देखि ४७५ किमिसम्मको रेन्ज दिने गाडी भएको कम्पनीले जनाएको छ।
यो गाडीको सुरुवाती मूल्य नेपालमा १ करोड ४९ लाख ९६ हजार रुपैयाँ छ।
528
Shares
प्रतिक्रिया