ad ad

कारोबार


नाडा अटो सोमा दर्जन बढी विद्युतीय माइक्रो, कुन कम्पनीका कस्ता?

नाडा अटो सोमा दर्जन बढी विद्युतीय माइक्रो, कुन कम्पनीका कस्ता?

नेपालखबर
भदौ ८, २०८१ शनिबार १४:३६, काठमाडौँ

यसपटकको नाडा अटो सोमा धेरै ब्रान्डका विद्युतीय माइक्रो प्रदर्शनीमा जाँदै छन्।

यही भदौ ११ देखि चल्ने सोमा पेट्रोलियम गाडीलाई विस्थापित गरिरहेका १ दर्जन बढी विद्युतीय माइक्रो ब्रान्ड उपस्थित हुने भएका हुन्। 

नेपालको लाइट कमर्सियल भेहिकलमा धेरै वर्षसम्म वैद्य अर्गनाइजेसन आधिकारिक बिक्रेता रहेको टोयोटा हाइसले नै बजार लिएको थियो। पछिल्ला वर्ष चिनियाँ माइक्रो नै लामोदूरीमा गुड्न थालेका छन्। 

काठमाडौं उपत्यकाबाट पूर्वका उदयपुरदेखि पश्चिमका नवलपरासीसम्म विद्युतीय माइक्रोको हिस्सा ह्वात्तै बढेको छ। साउन महिनामा ८९ वटा मात्रै विद्युतीय माइक्रो भित्रिएका छन्। गत आर्थिक वर्षमा ८७३ वटा विद्युतीय माइक्रो नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। 

नेपाली सडकमा किङलङ र केवाईसीका विद्युतीय माइक्रो बढी देखिन्छन्। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले यी २ ब्रान्ड बिक्री गर्दै आएको छ। काठमाडौं उपत्यकादेखि मध्यम दूरीसम्म किङलङ र केवाईसी ब्रान्डका गाडी देखिन्छन्। 

हायर ब्रान्डको विद्युतीय गाडी भित्र्याएको छ। शसिला मोटर्सलगायतले हायरका विद्युतीय गाडी बिक्री गर्दै आएका छन्। यसमा ७० किलोवाट आवरको ब्याट्री छ भने ३०० किमि रेन्ज दिन्छ। ७ वर्षसम्म वा ४ लाख किमिको वारेन्टी दिएको छ। यो १६ सिटे गाडी हो। 

यता नेपालमा एमएडब्लुले फोटोनका विद्युतीय माइक्रो बिक्री गर्दै आएको छ। फोटोनका १४ र १५ सिटे सवारीसाधन काठमाडौंका विद्यालयहरुले प्रयोग गरिरहेका छन्। त्यसबाहेक ईभी ट्रक पनि बिक्री गर्दै आएको छ। 

यसबाहेक सोकोनले नेपालमा ११ सिटे विद्युतीय माइक्रो बिक्री गर्दै आएको छ। यसको रेन्ज ३०० किमि र मूल्य ४५ लाख ५० हजार रुपैयाँ छ। खासगरी यसले स्कुल बस र कार्गो भ्यान समेत बिक्री गर्दै आएको छ। 

त्यसैगरी विशाल ग्रुपले बिक्री गरिरहेको एसआरएमका विद्युतीय माइक्रो नेपाली सडकमा कुद्न थालिसकेका छन्। 

नेपालमा मेगा ग्रुपले कामाका विद्युतीय भ्यान र बस नाडा अटो सोमा राख्दै छ। ग्रुपले २५ लाख ९० हजारमा कामाको ढुवानी गर्ने गाडी बिक्री गरिरहेको छ। एक पटकको चार्जमा २६० किमिसम्म गुड्ने सवारीसाधनमा ७० किलोवाटको मोटर छ। 

विद्युतीय उपकरण बनाउने स्काईवर्थको विद्युतीय गाडी समेत नेपाली बजारमा भित्रिसकेको छ। कम्पनीले ५० किलोवाटको ब्याट्री र ३०० किमि रेन्जको भ्यान नाडा अटो शोमा राख्नेछ। १६ सिटे भ्यानमा ३ सिट थप गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। 

त्रिवेणी मोटो कर्पले डोङफेङका विद्युतीय माइक्रो बिक्री गर्दै आएको छ। १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडीले ३०० किमि रेन्ज दिने दाबी गरेको छ। कम्पनीले १४ सिटे भ्यान र ५०.२३ किलोवाटको ब्याट्रीसहित कार्गो भ्यान समेत बजारमा उपलब्ध गराएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .