ad ad

कारोबार


हिरोका मोटरसाइकल किन्दा ५ लाखसम्म ‘स्योर सट’, बम्परमा ‘नेटा भी’ जित्न सकिने

हिरोका मोटरसाइकल किन्दा ५ लाखसम्म ‘स्योर सट’, बम्परमा ‘नेटा भी’ जित्न सकिने

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:३५, काठमाडौँ

सीजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ। 

कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो। 

हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्ने अफर पनि ल्याएको छ ।

कम्पनीले ‘ दसैँ तिहार २०८१ को वहार, २ चक्के किन्दा ४ चक्के उपहार’योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइनेछ।

सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ।

साथै, नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन् l

सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । 

बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ । त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्ने अपेक्षा गरेको छ।

लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेन्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .